FAQs Complain Problems

समाचार

नव नियुक्त कर्मचारीहरू लार्इ स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

गेरूवा गाउँपालिकाका नव नियुक्त इन्जिनियर, सव-इन्जिनियर, कृषि प्राविधिक, पशु प्राविधिक, अमिन तथा अहेव ज्हू रूलार्इ गेरूवा गाउँपालिकाका अध्यक्ष श्रीमान् जमान सिंह के.सी. ज्यूले आज गेरूवा गाउँ कार्यापालिकाको कार्यालयमा आयोजित एक समाहरोह वीच सपथ ग्रहण गराउनु भयो।
 उक्त अवसरमा श्रीमान् अध्यक्ष ज्यू द्वारा नव नियुक्त कर्मचारीहरूलार्इ गेरूवा गाउँपालिकाले भ्रष्टचार प्रति शुन्य सहनशिलताको नीति अंगीकार गरेको र जनताको सेवा तथा समग्र गेरूवा गाउँपालिकाको विकासमा एक जुट भर्इ सेवा गर्न आग्रह गर्नु भयो। उक्त कार्यक्रममा गेरूवा गाउँपालिकाका उपाध्यक्ष श्रीमान हिमा कुमारी थरूनी ले नव नियुक्त कर्मचारीहरूलार्इ नियुक्ती पत्र दिएर स्वागत गर्नु भयो र गेरूवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीमान भिम बहादुर खत्री ज्यू द्वारा नव आगन्तुक हरूलार्इ अविर लगार्इ स्वागत एंव बधाइ दिनु भयो । उक्त अभिमुखीकरण तथा स्वागत कार्यक्रममा गेरूवा गाउँपालिकाको प्रशासन शाखा बाट  ना.सु. कुन नारायण चौधरी , योजना शाखा बाट खरिदार प्रेम बहादुर जि.सी., आर्थिक प्रशासन शाखा बाट तुल्सीराम श्रेष्ठ,  सूचना प्रविधि शाखा बाट सूचना प्रविधि अधिकृत प्रकाश शर्मा , प्राविधिक शाखा बाट भुमिराज घिमिरे, पशु शाखा बाट पूर्ण बहादर खत्री, कृषि शाखा बाट पदम राज पाण्डे तथा जिल्ला समन्वय समिति बाट भिम लामिछाने ज्यूले नव आगन्तुकहरूलार्इ गेरूवा गाउँपालिकाको शाखाका गतिविधि का साथै विविध पक्षहरूको बारेमा जानकारी दिनु भयो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि