FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

गेरूवा गाउँपालिकाको संक्षिप्त परिचय

 

गेरूवा गाउँपालिका नेपालको ५ नं. प्रदेस अन्तर्गत रहेको बर्दिया जिल्लाको पश्चिम भेगमा कर्णाली नदिले बनाएको टापु मा अवस्थित रहेको छ । गेरूवा गाउँपालिकाकाे स्थापना वि.स. २०७३।११।२७ गते भएकाे हाे। साबिकका पाताभार , गाेला, पशुपतिनगर र मनाउ गा.वि.स. लाइ एक गरि यस गेरूवा गाउँपालिकाकाे निर्माण गरिएकाे हाे।यस गाउँपालिकालाइ ६ वटा वडामा विभाजन गरिएकाे छ र यस गाउँपालिकाकाे केन्द्र पशुपतिनगर लाइ ताेकिएकाे छ । 

 

यसकाे पूर्वमा बर्दिया राष्टिय निकुजं र गेरूवा नदि, पश्चिममा राजापूर नगरपालिका, कैलाली र कर्णाली नदि, उत्तरमा कैलाली जिल्ला र बर्दिया रा.नि., दक्षिणमा राजापूर नगरपालिका रहेका छन्। गेरूवा गाउँपालिकाको भाैगोलिक अवस्थिति २८° २४' १८.१७'' देखि २८° ३५' ३६.०४' उत्तरी अक्षास सम्म र ८१° ८'  ५१'' देखि ८१° १५' १२' पूर्वी देशान्तरसम्म फैलिएको छ । यो गाउँपालिका समुन्द्र सतहबाट १४५ मिटर देखि १८० मिटर सम्मको उचाइमा फैलिएको छ । गेरूवा गाउँपालिकाकाे कुल क्षेत्रफल ७८.४१ बर्ग कि.मि. रहेकाे छ। यहाँकाे कुल जनसंख्या ४० हजार रहेको छ ।

यस गाउँपालिकाकाे प्रमुख भाषा थारू र नेपाली हुन।गेरूवा गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरू शान्तिबजार, पथरैया, नवज्वतिबजार, प्रशेनीपूर हुन । याे क्षेत्रका बासिन्दाहरू मुख्य रूपमा कृषि पेशामा संलग्न रहेका छन। धान यस क्षेत्रकाे मुख्य बाली हाे साथै गहुं, मकै, दलहन र तरकारी हुन।  परम्परागत रूपमा पशुपालन समेत यस क्षेत्रमा गरिदै आएकाे छ । याे गाउँपालिकामा उष्ण तथा समषिताेष्ण हावापानी रहेकाे छ तथा वर्षातमा अत्यधिक पानी पर्ने गर्दछ ।

यातायातका हिसाबमा रिगंराेड र  सिचाइ सडक प्रमुख हुन भने कच्ची सडकले याे क्षेत्रका बासिन्दाहरूलाइ आवातजावातमा टेवा दिइरहेका छन। 

शिक्षा क्षेत्रमा भन्नुपर्दा यस गाउँपालिकामा ५ वटा मा.वि., ७ वटा आधारभुत  (१-८), १५ वटा प्रावि (१-५), ५६ वटा प्रारम्भिक बाल विकास केन्द्र रहेका छन। स्वास्थ्य क्षेत्रमा यहाँ ४ वटा स्वास्थ्य चाैकि, १ वटा आयूर्वेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाइ तथा ७२ जना ग्रामिण स्वास्थ्य स्वयमंसेविकाहरूले सेवा दिइरहेका छन। 

प्रशासनिक रूपमा यस गाउँपालिकालाइ ६ वडामा विभाजन गरिएकाे छ र वडा कार्यालय तथा तिनका केन्द्रकाे विवरण यस प्रकार रहेकाे छ। 

समावेश भएका साविक गा.वि.स./न.पा.हरू साविक वडा नं. कायम भएको वडा नं. केन्द्र कैफियत
पाताभार १,६–८ बगहीपूर  
पाताभार ३–५ पाताभार सावीकको पाताभार गा.वि.स.को कार्यालय
पाताभार २,९ शान्तिबजार  
गोला १–९ गोला  
पशुपतिनगर १–९ पथरैया साविकको पशुपतिनगर गा.व.स.को कार्यालय
मनाउ १–९ प्रशेनीपूर साविकको मनाउ गा.वि.स.को कार्यालय

 

जन प्रतिनिधि