FAQs Complain Problems

समाचार

गेरूवा गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापनार्थ समितको बैठकका केही झलकरूश् ।।

गेरूवा गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापनार्थ समितिको प्रथम बैठक समितिका संयाेजक श्री बल बहादुर चलाउने ज्यूको अध्यक्षतामा बस्यो । साेही अवसरमा अामन्त्रीत सदस्यको रूपमा यस गेरूवा गाउँपालिकाका अध्यक्ष श्री जमाना सिंह के.सी., उपाध्यक्ष श्री हिम कुमारी थरूनी, प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर खत्री ज्यूहरूले गेरूवा गाउँपालिकामा आगामी आर्थिक वर्ष भित्र बहुमुखी क्याम्पस संचालनमा ल्याइ सक्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे र सोही बमाेजिम व्यवस्था गर्न समितिका सदस्य ज्यू हरूलार्इ आग्रह गर्नुभयो ।

समितिका सदस्यहरू
१. बल बहादुर चलाउने संयोजक, सामाजिक विकास समिति संयोजक
२. मोविला शर्मा पाैडेल सदस्य, कार्यपालिका सदस्य
३. लक्षिण बहादुर नेपाली सदस्य, कार्यपालिका सदस्य
४. प्रकाश शर्मा सदस्य, सूचना प्रविधि अधिकृत
५. दिपक चाैधरी सदस्य, इन्जिनियर
६. प्रकाश शाही सदस्य, प्र.अ., एकप्रिय मावि
७. नारायण प्रसाद पाैडेल सदस्य, गेरूवा शिक्षक महासंघ, अध्यक्ष
८. अमृत बहादुर पुन सदस्य, शिक्षा शाखा
९. डिल बहादुर जि.सी. सदस्य-सचिव, श्रोत व्यक्ति

आर्थिक वर्ष:

जन प्रतिनिधि